एमसीसी बजेट जसरी होहल्लाका बीच पास हुँदैन : सभामुख
१९ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिभिन्न राजनीतिक दलका नेता, विशेषज्ञ, कानुनविदलगायतसँग छलफललाई तीब्रता दिइरहेका छन् । भेटमा एमसीसी, संसदमा विचाराधीन विधेयक, जारी संसदको अवरोध खुलाउने विषय र संसदसँग जोडिएका विषयमा छलफल हुने गरेको छ । सरकारले एमसीसीलाई अघि बढाउन पहल थालेपछि सभामुख सापकोटा दबावमा छन् ।
तर, सभामुख सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास नहुने धारणा राख्दै आएका छन् । सभामुखलाई पछिल्लो समय भेटेका एक नेताले उनको भनाइ उद्धृत गर्दै भने, ‘संविधान र कानुनले मेरो भूमिका तय गरेकै छ । एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीय रुपमा सहमत भएर आउनुस् न । दलहरु निणर्यक हुँदा मेरो अरु केही भन्नु छैन ।
एमसीसीको विषयमा सर्वपक्षीय सहमति हुनुपर्नेमा सभामुखको जोड रहँदै आएको छ । होहल्लाका बीच एमसीसी पास गर्ने तयारी भए आफ्नो साथ नरहने सभामुखले प्रष्ट भन्ने गरेका छन् । ‘नाराबाजी भइरहने र एमसीसी पास गर्ने भन्ने हुन्न । संसदमा भ्याकुम भएर बजेट पास गरे जस्तो एमसीसी पास हुन्न, सभामुखको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले छलफलहरुमा मुख्य गरी तीन वटा विषय राख्ने गरेका छन्, पहिलो- एमसीसीमा राष्ट्रिय सहमति, दोस्रो- एमसीसीमा जनस्तरबाट उठेका प्रश्नको निरुपण र तेस्रो- संसदको अवरोध अन्त्य । सत्ताका लागि र निर्वाचनमा जानका लागि दलहरु एकमत भएजस्तै एमसीसीको विषयमा पनि एकमत हुँदा राम्रो हुने सभामुखको धारणा रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पास गराउन प्रक्रिया अघि बढाउने तयारीमा छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि संसदमा अवरोध जारी राखेको छ । त्यसैले पहिले संसद खुलाउनुपर्ने हुन्छ । संसद खुलाउने विषयमा यसअघि प्रधानमन्त्री र सभामुखले छुट्टाछुट्टै छलफल आयोजना गरे पनि एमाले अनुपस्थित हुने गरेकाले सहमति जुटेको छैन ।
एमसीसीको विषयमा बाहिर बहस धेरै भए पनि संसदमा प्रवेश गरेको छैन । त्यसैले संसदको अवरोध खुलाउनु पर्नेमा सभामुखको जोड छ । केही दिन अगाडि सभामुखसँग छलफल गरेका संसदीय कानुनका एकजना जानकारले सापकोटाको भनाइ उद्धृत गर्दै भने- नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको विषयमा प्रश्नहरु उठेका छन् त्यसको जवाफ दिने संसद हुन पर्दैन ? यसमा दलहरु सहमत हुनुपर्दैन ? संसद खोल्नु पर्दैन ? एमसीसीका विषयमा दलहरु तयार भए आफूबाट अवरोध नहुने सभामुखको भनाइ रहेको उनले बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply