प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
१९ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार बालुवाटारमा भएको भेटमा एमसीसी, स्थानीय तहको निर्वाचन, संसदको अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवलायले जानकारी दिएको छ । छलफलमा सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर खड्का पनि सहभागी थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
मंगलबार निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सिफारिस गरेका थिए। लगत्तै प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले निर्वाचनको मिति सार्वजनिक गर्ने बताएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारीमा जुटेका छन् । तर, एमसीसीबारे भने सत्ता गठबन्धनभित्र विवाद चुलिएको छ । प्रधानमन्त्री देउवा एमसीसी संसद्बाट पारित गराउनुपर्ने पक्षमा छन्। प्रचण्ड र नेपाल भने परिमार्जनसहित पारित गर्नुपर्ने अडानमा छन् । यसअघि माघ १७ गते पनि तीनै नेताबीच सोही विषयमा छलफल भएको थियो ।
सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताबारे साझा धारणा बनाउन कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ छन् । स्थानीय तहको निर्वाचन आउँदो जेठमा गर्न सत्ता गठबन्धनमा सहमति भने जुटिसेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply