प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
१९ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार बालुवाटारमा भएको भेटमा एमसीसी, स्थानीय तहको निर्वाचन, संसदको अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवलायले जानकारी दिएको छ । छलफलमा सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर खड्का पनि सहभागी थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
मंगलबार निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सिफारिस गरेका थिए। लगत्तै प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले निर्वाचनको मिति सार्वजनिक गर्ने बताएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारीमा जुटेका छन् । तर, एमसीसीबारे भने सत्ता गठबन्धनभित्र विवाद चुलिएको छ । प्रधानमन्त्री देउवा एमसीसी संसद्बाट पारित गराउनुपर्ने पक्षमा छन्। प्रचण्ड र नेपाल भने परिमार्जनसहित पारित गर्नुपर्ने अडानमा छन् । यसअघि माघ १७ गते पनि तीनै नेताबीच सोही विषयमा छलफल भएको थियो ।
सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताबारे साझा धारणा बनाउन कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ छन् । स्थानीय तहको निर्वाचन आउँदो जेठमा गर्न सत्ता गठबन्धनमा सहमति भने जुटिसेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply