१४ जिल्लाका सीडीओलाई बिहानै गृहमन्त्री खाँणको फोन
२० माघ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आज विहानै १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत संवाद गरेका छन् । उनले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग बिहीबार टेलिफोन वार्ता गरी जिल्लाको अवस्थाबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही), चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर)सँग टेलिफोन वार्ता गरेका छन्। त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरेको बताइएको छ ।
खाँणले प्रजिअहरूसँग जिल्लामा कोभिड-१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड-१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग अपुग के छ ? पठाउनु पर्छ कि पर्दैन ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन लगायतका विषयमा जानकारी लिएका हुन् ।
नवलपरासी पूर्वका सहायक प्रजिअ बरालले गृहमन्त्रीले टेलिफोन गर्दा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताए । गृहमन्त्री ज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो, सहायक प्रजिअ बरालले भने, मन्त्री ज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न मोटिभेसन हुन्छ ।
कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताए । उनले भने, सामान्यतया आन्तरिक विषयवस्तुमा महत्वपूणर् घटना नभई टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्री ज्यूले टेलिफोन गर्दा काम गर्न जोश, जाँगर र सतर्क रहन सिकाएको छ । पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैँले टेलिफोन गर्दा काम गर्ने हौसला प्रदान गर्ने बताए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply