प्रधानमन्त्रीलाई प्रचण्ड-माधवको जवाफ : एमसीसी पास गर्न सकिँदैन
२७ माघ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज विहान एमसीसीबारे छलफल भएको हो ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । स्रोतका अनुसार भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने अडान लिएका थिए ।
कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समय सीमाभित्रै एमसीसी अनुमोदन गराउनु पर्नेमा अडान लिएका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष प्रचण्ड त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।
बिहीबार बिहान मात्रै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस नेता शेखर कोइरालासँगको भेटमा एमसीसी सम्झौता तत्काल संसद्मा प्रवेश नगराउने गरी प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका थिए । एमसीसीलाई चुनावपछिसम्मको समय माग्नुपर्ने उनको भनाइ थियो ।
संसद्बाट एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धनभित्रै मतभेद छ । शीर्ष नेताहरु एमसीसी पास गर्नुपर्ने पक्षमा मत्थर देखिए पनि विपक्षमा बोल्न पार्टीभित्र नेता कार्यकर्ताको दबाब छ । नेकपा एकिकृत समाजवादी निकट भ्रातृ संस्थाहरुले त एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आन्दोलनको घोषणा नै गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply