बालुवाटार वैठक : एमसीसी टेबल गर्ने देउवाको प्रस्ताव प्रचण्ड–नेपालद्वारा अस्वीकार
२९ माघ, काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच आज बालुवाटारमा भएको बैठक बिना निष्कर्ष सकिएको छ । एमसीसी परियोजनाबारेको सत्तारुढ गठबन्धनका दलहरुले आ-आफ्नै अडान दोहोर्याएपछि बैठक बिना निष्कर्ष सकिएको हो ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव गरेका राखेका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोत भन्छ, ‘अब ढिला नगरी एमसीसीलाई संसदमा टेबल गरौं । त्यहीं आ-आफ्नो धारणा राखौं । त्यहींबाट छिनोफानो गरौं ।
तर, प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेको जनाइएको छ । एमसीसी संसदमा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा रहेको थियो ।
जवाफमा प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने जिकिर गर्दै एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने आफ्नो कुरा दोहोर्याएका थिए । प्रधानमन्त्रीले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले यसरी जबरजस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ चेतावनी समेत दिएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनका बावजुद आजको बैठकले कुनै ठोस निष्कर्ष भने निकाल्न सकेन ।
अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे छिनोफानो गर्न नेपाललाई ‘डेडलाइन’ दिएको छ । यसका लागि अमेरिकी पक्षले नेपालका शीर्ष नेतृत्वलाई निरन्तर दबाब दिइरहेको छ । केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको धम्की दिएका थिए । उनको दवावपूर्ण फोन संवादलाई लिएर नेपाली राजनीतिमा अर्को तरङ्ग फैलिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply