अमेरिकाले फेरि भन्यो, ‘एमसीसी सम्झौताबाट पछि हटे द्विपक्षीय सम्बन्ध प्रभावित हुन्छ’
३ फागुन, काठमाडौं । अमेरिकी राजदूत रेन्डी बेरीले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नभए दुई देशको सम्बन्धमा असर पर्न सक्ने बताएका छन् । अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो भएको तर हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा सम्बन्धमा असर पर्ने समेत टिप्पणी उनले गरेका छन् ।
सोमबार कमलादीस्थित निवासमा कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँगको कुराकानीमा राजदूत बेरीले नेपाली शीर्ष नेतालाई अमेरिकाले कुनै एमसीसीका विषयमा धम्की नदिएको समेत प्रष्टीकरण दिएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले २७ माघमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुराकानीमा एमसीसी पारित नभए अर्को मुलुकको प्रभाव र हस्तक्षेपको कारण हुने बताएका सन्दर्भमा राजदूतले प्रष्टीकरण दिएका हुन् । सहायक विदेशमन्त्री लुले कूटनीतिक दबाब दिएको विषय माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक गरेपछि अमेरिकाका तर्फबाट राजदूत बेरीले प्रष्टीकरण दिएका हुन् ।
नेताहरूले दिएको समयसीमा १६ फागुनमा सकिने र त्यसभन्दा बढी समयसीमा लम्बिन नसक्ने अमेरिकाले बताउँदै आएको छ । अमेरिकी सहायक मन्त्री लुले एमसिसी सम्झौता संशोधन नहुने र समयसीमा लम्बिन नसक्ने स्पष्ट पारेका थिए । राजदूत बेरीले पनि त्यही दोहोर्याएका छन् ।
नेपाललाई विकास सहयोग, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता प्रदान गर्नुका साथै स्वास्थ्य, शिक्षा र अन्य कार्यक्रममा पनि सहयोग गर्दै आइरहेको छ । तर, सामान्य रूपमा दुई देशबीच हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा यी देशको सम्बन्धमा असर पर्न सक्छ ।
यो वर्ष नेपाल-अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष भएको उल्लेख गर्दै राजदूत बेरीले यसबीचमा नेपालमा भएका ऐतिहासिक र अविश्वसनीय परिवर्तनमा नेपालको साथमा अमेरिका उभिएको उल्लेख गरेका छन् । तर, सम्झौताबाट मुलुक पछि हट्दा सम्बन्धमा असर पर्ने उनको भनाइ छ ।
नेपाललाई विकास सहयोग, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता प्रदान गर्नुका साथै स्वास्थ्य, शिक्षा र अन्य कार्यक्रममा पनि सहयोग गर्दै आइरहेको छ । तर, सामान्य रूपमा दुई देशबीच हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा यी देशको सम्बन्धमा असर पर्न सक्दछ ।’ तर, सम्बन्धमा कस्तो असर पर्छ भन्ने उनले खुलाएनन् । यद्यपि, अमेरिकी लगानीका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा नेपालको विश्वसनीयतामाथि प्रश्न उठ्ने र भविष्यमा नेपालले अपेक्षाकृत रूपमा सहयोग प्राप्त गर्न नसक्नेतर्फ उनको संकेत थियो ।
एमसीसी विकास कार्यक्रम भएको र यो भ्रामक सूचनामा फसेको उनको टिप्पणी थियो । दुर्भाग्यवश, यो विकास कार्यक्रम भ्रामक सूचनामा फसेको छ । सो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित छ, जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ । त्यसको विपक्षमा को हुन सक्छ ? अमेरिकी राजदूतले प्रश्न गरे । उनले चीनतर्फ लक्षित गरे पनि चीनको नाम भने लिएनन् ।
उनले नेपाली शीर्ष नेताहरूसँग आफ्नो निरन्तर छलफल भइरहेको पनि बताए । तर पछिल्लो हाम्रो छलफल केही सञ्चारमाध्यम र अनलाइनमा चित्रण गरिएको बहस जस्तो पक्कै थिएन, राजदूत बेरीले भने, सार्वजनिक दस्ताबेज वा भनाइहरूमा आधारित हुँदा नेपाली नेताहरूमा एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार विकास गर्ने बुझाइ भएको पाइन्छ । सोही कारण नै नेपाल सरकारले पहिले हामीसँग एमसिसी कम्प्याक्टका लागि आग्रह गरेको हो ।
नेपाललाई प्रतिबद्धता पालना गर्न आग्रह गरेको तर धम्की नदिएको राजदूत बेरीको प्रस्टोक्ति थियो । हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौँ । हामीले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेका हौँ, बेरीले भने चीनतर्फ लक्षित गर्दै भने, एमसिसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निणर्य नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने हो र नेपाल एक्लैको निणर्य हो । तर, यसबारे उनले थप बताएनन् ।
उनले मतदानको प्रक्रियामा एमसीसी सम्झौता ल्याई दिन पनि आग्रह गरेका छन् । नेपालले वाचा पूरा गर्ने कार्यमा वर्षौंको ढिलाइ भएपछि हामीले चाहेको यति मात्रै हो कि सम्झौताको अनुमोदनलाई मतदानको प्रक्रियामा ल्याइयोस्, ताकि नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून्, राजदूत बेरीको भनाइ थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply