मन्त्रिपरिषद्को बैठक बस्दै
५ फागुन, काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषय पेचिलो बनिरहेका बेला मन्त्रिपरिषद्को बैठकलाई महत्त्वका साथ हेरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिइन् ।
सत्ता गठबन्धनमा आबद्ध दलहरू एमसीसीको पक्ष र विपक्षमा उभिएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्बाट अनुमोदन गराउने पक्षमा छन् भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा छन् ।
कांग्रेसले माओवादीबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसद्मा टेबल गर्न अटेर गरेको आरोप लगाउँदै आएको छ । यता, एमसीसी जसरी भए पनि अनुमोदन गराउने दृढतामा रहेका प्रधानमन्त्री देउवा एमसीसी टेबल गर्न र अनुमोदन गराउनका लागि गठबन्धनको विकल्प खोज्ने मनसायमा समेत पुगेको कांग्रेस स्रोतको दाबी छ । मन्त्रिपरिषद्को बैठकपश्चात् आजै साँझ ५ बजे सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमै बस्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply