एमसीसीबारे अमेरिकाले भन्यो- विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य हुँदैन
६ फागुन,काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि दबाब दिंदै आएको अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताएको छ ।
नेपालमा एमसीसीविरुद्ध हिंसात्मक प्रदर्शन हुन थालेपछि काठमाडौंस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले हिंसालाई उक्साउने गतिविधि कदापी नस्वीकार्ने बताएका छन् । उनले अमेरिका स्वतन्त्र अभिव्यक्त र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै शान्तिपूर्णरूपमा आफ्नो विचार प्रकट गर्न आग्रह गरेका छन्।
हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्, उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
एमसीसी संसदमा टेबल गर्ने कुराले जति राजनीतिक दलहरुबीच असझदारी रहेको छ । त्योभन्दा धेरै अहिले एमसीसीका नाममा दिनहुँ प्रदर्शन भइरहेका छन् । यहाँसम्म कि बम आतंक समेच मच्चाइएको छ । त्यही भएर अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply