गठबन्धनलाई पानीमुनि गए पनि ठेगान लगाइन्छ : ओली
७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनलाई पानीमुनि गए पनि ठेगान लगाउने चेतावनी दिएका छन् ।
अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत दावी गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए ।
रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने, नेपालमा यतिधेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामीविरुद्ध षड्यन्त्र गरिरहेका छन् । गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे । उनले भने, अब सर्वोच्च अदालतले होइन, जन अदालतले फैसला गर्छ त्यसको तयारी गर्नुस् ।’
उनले शिक्षक, कर्मचारीलाई निष्पक्ष भएर काम गर्न आग्रह गर्दै उनले नेकपा एमालेले प्रशासनको बलमा नभई जनताको मतले चुनाव जित्ने दाबी गरे । उनले भने, प्रशासनसँग एउटै आग्रह छ, तपाईहरु निष्पक्ष रहनुस् । उनले भने, जनताले एमालेमाथि विश्वास गरेको छ, हामीले मतदाता किन्दैनौ, अनावश्यक खर्च गर्दैनौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply