गठबन्धन जोगाएरै एमसीसी पास गर्न रामचन्द्रले बढाए दौडधुप
९ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउने उपायको खोजी थालेका छन् ।
मुलुकका लागि एमसीसीसँगै गठबन्धनको पनि अपरिहार्यता रहेको भन्दै पौडेलले सत्तारुढ गठबन्धनका नेताहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका छन् । पौडेलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट्दै छन् । तीनै जना नेताहरू एमसीसीको विपक्षमा रहँदै आएका छन् । ती नेताहरूसँगको भेटमार्फत आफूले राजनीतिलाई नयाँ समस्यातिर धकेलिन नदिने प्रयास गर्ने वरिष्ठ नेता पौडेलले बताए ।
गठबन्धनको संयोजकको हिसाबले मुलुकलाई थप समस्यामा जान नदिन गठबन्धनलाई पनि मजबुत राख्ने र संसदमा पेश भएको एमसीसी पारित गराउन सहमति पनि जुटाउने मेरो ध्येय हो । यसै विषयमा नेताहरुसँग छलफल गर्दैछु , पौडेलले भने ।
संसदमा एमसीसी टेबल भइसकेको र समयसीमा थोरै रहेकोले जतिसक्दो चाडा गठबन्धनभित्र साझा धारणा बनाउनुपर्ने पौडेलको भनाई छ । एमसीसीलाई राजनीतिक प्रतिष्ठाको विषय नबनाउने हो भने समस्या आफैं समाधान हुने उनले बताए ।
एमसीसी विशुद्ध विकास अनुदान हो भनेर स्वीकारेर जानुपर्छ । हाम्रो मुलुकमाथि कुनै संकट पर्न दिँदैनौ भन्ने राष्ट्रिय आत्मविश्वास गठबन्धनका दलहरुले व्यक्त गर्नु नै समस्याको समाधान हो , पौडेलको भनाइ छ । उनले एमसीसीको विषय संसदमा टेबल भएपछि सार्वभौम संसदको निणर्य नै सबैले मान्नुपर्ने पनि बताए । एमसीसीकै कारण गठबन्धनमा दरार आउन दिन नहुने भन्दै पौडेलले सहमति खोज्न आफू सक्रिय रहेको बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply