प्रधानमन्त्री एमालेसँग समीकरण गर्न स्वतन्त्र हुनुहुन्छ : झलनाथ खनाल
११ फागुन,काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग समीकरण गरेर संसदबाट एमसीसी पास गर्न स्वतन्त्र रहेको बताएका छन् ।
बुधबार पूर्व प्रधानमन्त्री समेत रहेका खनालले देश हितविपरीत एमसीसी पास गर्ने कांग्रेसको अडान हो भने प्रधानमन्त्री देउवा एमालेसँग समीकरण गरेर अगाडि बढ्न स्वतन्त्र रहेको बताएका हुन् ।
समीकरण कसले कस्तो गर्ने भन्ने कुराको निम्ति हामी सबै स्वतन्त्र छौं । यदि कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढ्न चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । अरू कांग्रेसका नेताहरूलाई पनि भनेको छु- तपाईंहरू स्वतन्त्र हुनुहुन्छ । हामी हाम्रो बाटो हिँड्छौं । आ-आफ्नो बाटो हिंड्नु पर्ने एउटा स्थिति आउन सक्छ नेता खनालले भने, त्यसले केही फरक पार्नेवाला छैन । त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन ।
नेता खनालले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा परेको बताएका छन् । अमेरिकी पासोमा परेर प्रधानमन्त्री देउवा एमसिसी पास गर्न लागिपरेको उनको भनाइ छ । उनले नेकपा (एस) र नेकपा माओवादी केन्द्रले एमसिसीको विपक्षमा मतदान गर्ने बताउँदै प्रधानमन्त्री देउवासँग एमसीसी पास गर्नका लागि अब एमालेसँग साँठगाँठ गर्नुको विकल्प नभएको पनि बताए ।
नेता खनालले एमसिसी सम्झौता गरेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, उदार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने, अमेरिकाको प्रचलित कानुनहरू र पछि बन्ने कानुनहरू पनि मान्नुपर्ने जस्ता सर्तहरू रहेको उल्लेख गर्दै यस्ता विषयहरूमा नेपालले एमसीसी पास गर्न नसक्ने बताए ।
उनले संविधानको विपरीत एमसीसी संसदमा टेबुल भएकाले आफूले विरोध गरेको बताए । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी टेबुल गर्ने सहमति दिएको भन्ने सुन्नमा आएको भए पनि पार्टीले कुनै पनि निणर्य नगरेको बताए । उनले भने, संविधानका खिलाफ गएर अहिले यो टेबुल भएको छ । यसकारण पनि मैले विरोध गरेको छु । हाम्रो अध्यक्षले पनि सहमति दिनु भएको भन्ने कुरा छ, तर हाम्रो पार्टीले त्यसरी टेबुल गर्नुपर्छ भनेर कतै निणर्य गरेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply