बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन शुरु, सुरक्षा व्यवस्था कडा
१२ फागुन, काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध विरोध प्रदर्शन शुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन शुरु भएको हो । बिहीबारको संसद बैठकमा एससीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेश हुँदैछ ।
एससीसीमाथि छलफल हुने थाहा पाएपछि प्रदर्शनकारीहरु बिहानैदेखि सो क्षेत्रमा भेला भएका थिए । अप्रिय घटना हुन नदिन नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आज बानेश्वर क्षेत्रमा २४ सय बढी प्रहरी परिचालन गरिएको छ । केहीअघिका प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो । झपडपका क्रममा सयौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सवारी साधन डाइभर्ट
काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ । भद्रकाली-सिंहदरबार-माइतीघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।
पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने ठूला तथा तिनपाङग्रे सवारी साधनलाई पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ । अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply