एमालेको शरणमा माओवादी
१२ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ ।
संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरेका थिए । बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रका नेताहरुले संसदको अवरोध हटाउन र एमसीसीलाई अस्वीकृत गर्न प्रस्ताव गरेका थिए । तर ओलीले आफूहरुले अघि सारेको माग सम्बोधन नभएसम्म संसदको अवरोध कायमै रहने बताएका छन् ।
माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले २३ भदौदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
छलफलमा अमेरिकी सहयोग परियोजना एमसीसी र प्रतिनिधिसभामा एमालेले गरिराखेको अवरोध खुलाउने विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकारहरुलाई प्रतिक्रिया दिए ।
बिहीबार दुबै पक्षबाट धारणा राख्ने काम मात्र भएको र छलफल निष्कर्षमा नपुगेको उनले बताए ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमसीसी, संसदको गतिरोधलगायतका विषयमा छलफल भएको पत्रकारहरुलाई बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply