एमाले अध्यक्ष ओली आज पोखरा जाँदै
१३ फागुन, पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा आइपुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए ।
उहाँ ११ बजे पोखरा आएर साढे २ बजे फर्किने कार्यक्रम छ । एमसीसीले विकास गरेको पछिल्लो घटनाक्रमले पनि उहाँ पोखरा आउने कार्यक्रम रोकिंदैन’, आचार्यले भने ।
विभिन्न पार्टी परित्याग गरेर ठूलै संख्यामा नेता, कार्यकर्ता आउने भएपछि तिनलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली नै पोखरा आउने कार्यक्रम तय भएको उनको भनाइ छ ।
पहिले एमालेमै रहेका र जनजाति आन्दोलनको मुद्दा उठाउँदै अशोक राईहरुसँगै बाहिरिएका गणेशमान गुरुङ फेरि एमालेमै प्रवेश गर्दैछन् ।
जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङ एमाले प्रवेश गर्न लागेका हुन् ।
एकीकृत समाजवादी पार्टी रोजेका केही नेता कार्यकर्ता, विवेकशील साझा पार्टीबाट अलग्गिएकाहरू पनि एमालेमा प्रवेश गर्न लागेको उपसचिव आचार्यले बताए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply