काँग्रेस–माओवादी बैठक, गठबन्धन जोगाउन दुबै पक्ष सकारात्मक
१३ फागुन, काठमाडौं । सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ।
अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको काँग्रेस र माओवादी केन्द्रकै नेताहरुले बताएका थिए ।
तर शुक्रबारको छलफलमा फेरि गठबन्धन जोगाउन दुबै पक्षबीच सकारात्मक ढंगले छलफल भएको बैठकपछि एक नेताले जानकारी दिए । बैठकमा देउवासहित काँग्रेसबाट पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र गगन थापा तथा माओवादीको तर्फबाट प्रचण्डसहित जनार्दन शर्मा सहभागी थिए ।
आजै बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी समितिको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply