लगातार दुईपल्ट स्थगित प्रतिनिधि सभाको बैठक आज बस्दै, अघि बढ्ला एमसीसी ?
१५ फागुन,काठमाडौं । लगातार दुईपल्ट स्थगित गरिएको प्रतिनिधिसभाको वैठक आज फेरि बस्दै छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची शनिबारै तय भइसकेको छ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यक्रममा एमसीसी समेटिएको छ ।
अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुई-दुईपल्ट बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले स्थगित गरेका थिए ।
संसदमा टेबल भइसकेको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा सामान्य छलफल थाल्न भनेर गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको बैठक बोलाइए पनि सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असहयोगका कारण त्यसैबेला प्रस्ताव फेल हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै पटक बैठक स्थगन गराएका थिए ।
अहिले देउवाले संसदमा जारी अवरोध खुलाएर एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहयोग मागिरहेका छन् र वार्तालाई तीव्रता दिइरहेका छन् । शनिबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र एमालेका दोस्रो तहका नेताबीच छलफल भएको थियो । तर सहमति हुन सकेन ।
लगातार दुईपल्ट स्थगित भएर आज बस्न लागेको प्रतिनिधिसभा वैठकबाट अब एमसीसी अघि बढ्ला कि नबढ्ला भन्नु कुरा आम चासोको विषय बनेको छ । यो कुरा प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन वा प्रमुख प्रतिपक्षी एमाले जोसँग भए पनि गर्ने सहमतिमा भर पर्ने देखिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply