लगातार दुईपल्ट स्थगित प्रतिनिधि सभाको बैठक आज बस्दै, अघि बढ्ला एमसीसी ?
१५ फागुन,काठमाडौं । लगातार दुईपल्ट स्थगित गरिएको प्रतिनिधिसभाको वैठक आज फेरि बस्दै छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची शनिबारै तय भइसकेको छ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यक्रममा एमसीसी समेटिएको छ ।
अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुई-दुईपल्ट बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले स्थगित गरेका थिए ।
संसदमा टेबल भइसकेको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा सामान्य छलफल थाल्न भनेर गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको बैठक बोलाइए पनि सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असहयोगका कारण त्यसैबेला प्रस्ताव फेल हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै पटक बैठक स्थगन गराएका थिए ।
अहिले देउवाले संसदमा जारी अवरोध खुलाएर एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहयोग मागिरहेका छन् र वार्तालाई तीव्रता दिइरहेका छन् । शनिबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र एमालेका दोस्रो तहका नेताबीच छलफल भएको थियो । तर सहमति हुन सकेन ।
लगातार दुईपल्ट स्थगित भएर आज बस्न लागेको प्रतिनिधिसभा वैठकबाट अब एमसीसी अघि बढ्ला कि नबढ्ला भन्नु कुरा आम चासोको विषय बनेको छ । यो कुरा प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन वा प्रमुख प्रतिपक्षी एमाले जोसँग भए पनि गर्ने सहमतिमा भर पर्ने देखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply