एमसीसीबारे एमालेको प्रतिक्रिया – सत्ता गठबन्धनको दाेहोरो चरित्र उदाङ्गियो
१७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।
एमालेले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदाङ्गो भएको बताएको छ । एमसीसी पास भएको दुई दिनपछि मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यसो भनेका हुन् ।
अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ । यसक्रममा निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको छ’ ओलीले विज्ञप्तिमा भनेका छन्, ‘यसक्रममा अनेक भ्रम फिँजाइएको थियो । दुई पक्षीय या बहुपक्षीय लगानीमा एक पक्षीय घोषणा गरिएको छ । व्याख्यात्मक घोषणाका नाममा सत्ता सञ्चालकको छेपारे प्रवृत्ति उदाङ्गो भएको छ ।
वक्तव्यमा भनिएको छ, ‘एमसीसी परियोजना अब संसद्बाट पास भइसकेको अवस्थामा राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी छ । संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्वको विषयमा निणर्य गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ ।
एमालेले एमसीसी सम्झौता पारित गर्दा संसदमा गरिएको व्याख्यात्मक घोषणाबारे प्रतिक्रिया दिएको छ । पार्टी उपमहासचिव प्रदीप पौडेलले एमसीसी सम्झौता पारित गर्न गरिएको व्याख्यात्मक घोषणालाई औचित्यहीन भएको बताए । मंगलबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘एमसीसीमा व्याख्यात्मक घोषणा : कितावको माछा पो खानु हुन्न, खोलाको त भइहाल्छ नि भन्ने जस्तै’ भएको टिप्पणी गरेका छन् ।
उनले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्दा प्रमुख प्रतिपक्षलाई बेवास्ता गरिएको बताए । अनुमोदन गर्दा संसदीय प्रक्रियामा सहभागी हुन एमालेलाई वञ्चित गरियो । यो सत्ता गठबन्धनको षड्यन्त्र हो, उनले भने । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार अनुमोदन भएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply