एमसीसी उतारचढाव : प्रचण्ड-नारायणकाजीबीच आज पनि छलफल
२१ फागुन, काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएपछि असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ ।
एमसीसीको विपक्षमा उभिने भनिरहेको माओवादी केन्द्र अध्यक्ष प्रचण्डको जोडले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदनमा लागेपछि वरिष्ठ नेता श्रेष्ठ समूहसहित पार्टी नै छाड्ने मनस्थितिमा पुगेका थिए । तर अध्यक्ष प्रचण्डले उनलाई फकाउने प्रयास जारी राखेका छन् ।
एमसीसीकै कारण असन्तुष्ट नेता श्रेष्ठले हिजो शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा फरक मत राखेका छन् । उनले एमसीसीमा राष्ट्रघाती नै रहेको जिकिर गर्दै त्यसलाई संसदबाट अनुमोदन गरेर माओवादी केन्द्रले राष्ट्रिय आत्मसमर्पण गरेको भनेर मौखिक रूपमा फरक मत राखेका हुन् ।
भोलि आइतबार पनि माओवादी केन्द्रको बैठक बस्दै छ । त्यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता श्रेष्ठबीच आज दिउँसो प्रचण्डको निवास (खुमलटार) मा एक घण्टा संवाद भएको हो । दुई नेताबीच एमसीसी अनुमोदनका सन्दर्भमा साझा धारणा तय गर्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । यसअघि पनि प्रचण्ड र नारायणकाजीबीच पटक-पटक छलफल भएको थियो ।
एमसीसी अनुमोदन निणर्यविरुद्ध नारायणकाजीले सार्वजनिक अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले पार्टी छाड्ने हो भने छाडे हुन्छ भन्ने आशयको टिप्पणी गरेयता मनमुटाव बढेको हो । प्रचण्डले मिडियाको लगातारको प्रश्नले आफू ‘इरिटेड’ भएको बेला यस्तो अभिव्यक्ति आएको बताउँदै पार्टी छाड्ने कुरा नसोच्न श्रेष्ठलाई आग्रह गर्दै आएका छन् । एमसीसीलाई लिएर अहिले माओवादी केन्द्रमा ‘रँडाको’ बढेको छ । श्रेष्ठबाहेक अन्य केहि नेताले पनि असन्तुष्टि जनाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply