शिशुसहित ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु
२३ फागुन, काठमाडौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित एकै घरमा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। स्थानीय काइँली स्याङ्तानको घरका आइतवार राति खाना खाएर सुतेकमध्ये चारजना सोमबार बिहान मृत भेटिएका हुन्।
घरमै बेहोस भेटिएका दुई दिनका नाबालकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
ज्यान गुमाउनेहरूमा ५५ वर्षीया काइँली स्याङतान, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय बालक आशिष स्याङतान, ५ वर्षीया नातिनी आशमा स्याङतान रहेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
यो घटनामा २३ वर्षीय सुभाष स्याङतानको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान थालेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply