चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैन : ओली
२४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् ।
आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निर्णय भएको उल्लेख गरेको थियो । तर ओलीले उक्त निर्णयको विरोध गर्दै भनेका छन्, ‘हरियो, सरियो हुँदैन ।
धार्मिक हिसाबले राख्ने हो ? कि के हिसाबले हरियो चिह्न राख्ने ?’ नेपाली कांग्रेसको चुनाव चिह्नतिर इंगित गर्दै ओलीले भने, ‘अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ?
निर्वाचन आयोगले साँच्चै हरियो राख्ने निर्णय गरेको भए सच्याउनुपर्ने ओलीले बताए ।
के भने एमाले अध्यक्ष ओलीले ?
निर्वाचन आयोगले मतपत्रका चिह्नहरुमा हरियो राख्ने भयो रे । हरियो चिह्न किन राख्ने, के कारणले राख्ने ? निर्वाचन आयोगसँग मैले सोध्न भ्याएको छैन, म अत्यन्त ब्यस्त भइरहेको छु, उहाँहरुसँग सोधुला बुझुँला ।
यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ? सबैतिर आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले देखोस् भनेर हरियो राख्ने हो ?
हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चार माध्यमले त्रुटि सच्याउनुपर्छ, यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्रुटि सच्याउनुपर्छ, हरियो सरियो हुँदैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply