कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : ओली
२५ फागुन, मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् ।
मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, अब कांग्रेसमा लागेर केही काम छैन । कांग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो उनले भने, चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिंदैन ।
उनले चुनाव चिन्ह हरियो राख्न नहुने जिकिर समेत गरे । माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओली काँग्रेसको आलोचनामा खनिएका थिए । काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन, उनले थपे, काँग्रेस एमालेविरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।
उनले आफू प्रधानमन्त्री हुँदा दशकौंसम्म बन्न नसकेको काम भएको दाबी गरे । ‘अलिअलि कमिसन खाएर देशलाई गरिब बनाइराख्नेहरू एमालेबाट आत्तिए उनले भने, संसद् चल्न नदिने, संसद्लाई अगाडि बढ्न नदिने, संसद्लाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौँ । पार्टी फुटाउन खोजेपछि, सरकार ढाल्न थालेपछि आफ्नै पार्टीका सांसदहरू बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद् विघटन गर्नु हाम्रो बाध्यता थियो ।
उनले अदालतले आफू र आफ्नो पार्टी तथा देशप्रति अन्याय गरेको पनि बताएका छन् । नेपाली जनताले न्याय दिनुपर्ने भएको छ । अदालतबाट अन्याय पाएका छौं । देशले पनि न्याय पाउनु पर्यो, उनले भने । ओलीले केही समय मैथिली भाषामा पनि भाषण गरेका थिए । नवप्रवेशीहरुलाई हौसला दिंदै ओलीले भर्खरै पार्टीमा आएको भनेर कुनै पनि भेदभाव नगर्ने र यथोचित जिम्मेवारी दिने बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply