कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : ओली
२५ फागुन, मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् ।
मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, अब कांग्रेसमा लागेर केही काम छैन । कांग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो उनले भने, चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिंदैन ।
उनले चुनाव चिन्ह हरियो राख्न नहुने जिकिर समेत गरे । माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओली काँग्रेसको आलोचनामा खनिएका थिए । काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन, उनले थपे, काँग्रेस एमालेविरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।
उनले आफू प्रधानमन्त्री हुँदा दशकौंसम्म बन्न नसकेको काम भएको दाबी गरे । ‘अलिअलि कमिसन खाएर देशलाई गरिब बनाइराख्नेहरू एमालेबाट आत्तिए उनले भने, संसद् चल्न नदिने, संसद्लाई अगाडि बढ्न नदिने, संसद्लाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौँ । पार्टी फुटाउन खोजेपछि, सरकार ढाल्न थालेपछि आफ्नै पार्टीका सांसदहरू बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद् विघटन गर्नु हाम्रो बाध्यता थियो ।
उनले अदालतले आफू र आफ्नो पार्टी तथा देशप्रति अन्याय गरेको पनि बताएका छन् । नेपाली जनताले न्याय दिनुपर्ने भएको छ । अदालतबाट अन्याय पाएका छौं । देशले पनि न्याय पाउनु पर्यो, उनले भने । ओलीले केही समय मैथिली भाषामा पनि भाषण गरेका थिए । नवप्रवेशीहरुलाई हौसला दिंदै ओलीले भर्खरै पार्टीमा आएको भनेर कुनै पनि भेदभाव नगर्ने र यथोचित जिम्मेवारी दिने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply