२६ फाल्गुन २०७८, बिहीबार १०:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा भट्टराई, प्रमुख सचेतकमा दाहाल
२५ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा संसदीय दलको नेताको जिम्मेवारी खिमलाल भट्टराईलाई दिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेका हुन् ।
यसअघि, राष्ट्रिय सभामा संसदीय दलको नेता रहेका सुमन प्याकुरेल थिए र उनको पदावधि २० फागुनमा सकिएको थियो । प्याकुरेल पदमुक्त भएपछि यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो ।
एमालेले राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई चयन गरेको छ । संघीय संसद सचिवालयका अनुसार एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा संसदीय दलका नेता र प्रमुख सचेतक चयन गरेको पत्र सचिवालयमा पठाएका छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply