रुस–युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध निम्तिन्छः बाइडेन
२८ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले रुस र युक्रेनबीच जारी युद्धमा हुने कुनै पनि किसिमको हस्तक्षेपले तेस्रो विश्वयुद्ध निम्तिने जोखिम रहेको बताएका छन्।
उनले यस किसिमको अवस्था आउन नदिन पनि सबैलाई आग्रह गरेका छन्। शुक्रबार बाइडेनले रुसलाई युक्रेनमा रासायनिक हतियारको प्रयोग गरे त्यसको परिणाम भयानक हुने चेतावनी पनि दिए।
यद्यपि बाइडेनले रुस–युद्धमा भने सामेल नहुने स्पष्ट पारे। हामी युक्रेनमा रुससँग युद्ध गर्दैनौं। नेटो र रुसको प्रत्यक्ष द्वन्द्वले तेस्रो विश्वयुद्ध निम्त्याउँछ। जसलाई हामीले रोक्नुपर्छ , बाइडेनले भने।
युक्रेनले आमेरिका तथा पश्चिमा मुलुकसँग नो फ्लाई जोन घोषणा गर्न माग गर्दै आएको छ। यद्यपि अमेरिकाले भने युक्रेनको माग अस्वीकार गर्दै आएको छ।
युक्रेनको छिमेकी मुलुक पोल्याण्डले युक्रेनलाई लडाकु विमान सहयोग गर्न तयार रहेको बताए पनि अमेरिकाले भने उक्त प्रस्ताव अस्वीकार गरिसकेको छ। यो प्रस्तावलाई मान्ने हो भने जुन अर्थ लगाए पनि तेस्रो विश्वयुद्ध सुरु हुने बाइडेनले बताए।
त्यस्तै, अमेरिकाको सहयोगमा युक्रेनले रासायनिक तथा जैविक हतियार बनाइरहेको रुसको आरोप छ। सोही विषयमा छलफलको लागि रुसले राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बोलाएको थियो।
रुस र युक्रेनले भने रुसको आरोप आधारहीन रहेको र त्यसको बहानामा उसले रासायनिक हतियारको प्रयोग अहिले जारी युद्धमा गर्न खोजेको आरोप लगाएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले के गर्न खोज्दै छ भन्ने कुरा उसको आरोप हेरेर थाहा हुन थालिसकेको बताएका थिए।
यससँगै रुसले रासायनिक आक्रमण गर्न सक्ने आशंका बढेको हो। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको १७ दिन पुगिसकेको छ तर उसले सोचेको जस्तो सहजै युक्रेनलाई आफ्नो कब्जामा लिन सकेको छैन। त्यसैले अब उसले झन् विध्वंसकारी आक्रमण गर्न सक्ने आशंका बढेको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply