एमाले एक्लैले ६०-७० प्रतिशत स्थानीय तह जित्छ : ओली
१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले ६० देखि ७० प्रतिशतमा जित निकाल्ने दावी गरेका छन् । अनेमसंघको तेस्रो पूणर् बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले नाम राम्रो राख्दैमा सबै पार्टी राम्रा नहुने पनि बताए । झण्डै दुईतिहाइ नजिक पुगेको पार्टीलाई फुटाउनेहरु कम्युनिष्ट नहुने बताउँदै उनले माओवादी र माधव नेपालप्रति कटाक्ष समेत गरे ।
नाम राख्दैमा म बलबहादुर हुन्नथें कामले हुँदैनथें । नामका कम्युनिष्ट हुन् कामका होइनन् । पार्टीका नाम पनि छानेर राख्छ । जुन फाटोवादी छ उसको नाम एकीकृत, उनले भने, ‘जो प्रतिगामीको पुच्छर ऊ समाजवादी । नाम र काम एउटै हुँदैन ।
ओलीले स्थानीय तह निर्वाचनमा जुट्न पनि निर्देशन दिएका छन् । हामी आगामी निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एक्लै जित्न सक्छौं’, उनले भने, यति जित्नका लागि हामीले सबैतिर मिलाउन सक्नुपर्छ ।
मोहन वैद्यले स्थानीय निर्वाचन बहिष्कार गर्ने निणर्यबारे पनि ओलीले कटाक्ष गरे । मोहन वैद्यले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने रे ! जनमत र कार्यकर्ता भए पो निर्वाचन लड्थे, उनले थपे, त्यस पार्टीसँग मिलेन भने एमाले सकिन्छ रे ! केही विद्वादले भनेछन् । मोहन वैद्यलाई भनेको कि माधवकुमार नेपाललाई भनेको कि एमालेलाई भनेको ? एमालेलाई जिस्काउने काम नगर्नु ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply