एमाले एक्लैले ६०-७० प्रतिशत स्थानीय तह जित्छ : ओली
१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले ६० देखि ७० प्रतिशतमा जित निकाल्ने दावी गरेका छन् । अनेमसंघको तेस्रो पूणर् बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले नाम राम्रो राख्दैमा सबै पार्टी राम्रा नहुने पनि बताए । झण्डै दुईतिहाइ नजिक पुगेको पार्टीलाई फुटाउनेहरु कम्युनिष्ट नहुने बताउँदै उनले माओवादी र माधव नेपालप्रति कटाक्ष समेत गरे ।
नाम राख्दैमा म बलबहादुर हुन्नथें कामले हुँदैनथें । नामका कम्युनिष्ट हुन् कामका होइनन् । पार्टीका नाम पनि छानेर राख्छ । जुन फाटोवादी छ उसको नाम एकीकृत, उनले भने, ‘जो प्रतिगामीको पुच्छर ऊ समाजवादी । नाम र काम एउटै हुँदैन ।
ओलीले स्थानीय तह निर्वाचनमा जुट्न पनि निर्देशन दिएका छन् । हामी आगामी निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एक्लै जित्न सक्छौं’, उनले भने, यति जित्नका लागि हामीले सबैतिर मिलाउन सक्नुपर्छ ।
मोहन वैद्यले स्थानीय निर्वाचन बहिष्कार गर्ने निणर्यबारे पनि ओलीले कटाक्ष गरे । मोहन वैद्यले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने रे ! जनमत र कार्यकर्ता भए पो निर्वाचन लड्थे, उनले थपे, त्यस पार्टीसँग मिलेन भने एमाले सकिन्छ रे ! केही विद्वादले भनेछन् । मोहन वैद्यलाई भनेको कि माधवकुमार नेपाललाई भनेको कि एमालेलाई भनेको ? एमालेलाई जिस्काउने काम नगर्नु ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply