पाँचै दल मिलेर चुनावमा गए पनि हामी कर्याककुरुक बनाइदिन्छौँ : ओली
१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफूहरु एक्लैले पराजित गर्ने बताएका छन्।
अनेमसंघको पूर्ण बैठकलाई मंगलबार सम्बोधनका क्रममा अध्यक्ष ओलीले अब एमाले गठबन्धनका दलसँग सिंगल सिंगल या समूहमै पनि भिड्न तयार भइसकेको बताए।
मैले यो हौसिएर बोलिरहेको छैन। केहीले हौसिएर जितिन्छ भनेर हुँदैन भनिरहेका छन्। अफ्ठ्यारो छ गाह्रो छ भनिरहेका छन्, उनले भने, हामीलाई गाह्रो केही पनि छैन। हामी लड्न सक्छौँ। उनीहरु स-साना समूह हुन्, गठबन्धन सबै एकातिर र हामी एकातिर छौँ हुँदा पनि हाम्रो तौल बढी हुन्छ।
ओलीले एमाले प्रतिपक्षमा भए पनि सत्तारुढ दलका जनप्रतिनिधिदेखि नेता कार्यकर्तासम्म प्रवेश गर्न धुइरो लागेको बताए।
हामी प्रतिपक्षमा छौँ तर सत्ताधारी दलका नेता कार्यकर्ता हाम्रोतिर आइरहेका छन्। हामी निश्चित रुपमा चुनाव जित्छौँ । हामीसँग सही नीति छ, उनले भने, हामीले काम गरेका छौँ, जनताले एमालेलाई सरकारमा ल्याउन चाहेका छन्।
ओलीले स्थानीय निर्वाचनअघि कांग्रेसले आफूहरुको भण्डाफोर गर्न लागेको कुरालाई पनि कटाक्ष गरे।
कांग्रेसले के लिएर जान्छ रे! जनतामा एमालेको अघिल्लो सरकारको भण्डाफोर गर्ने रे! कांग्रेसको के भण्डाफोर गर्नु उनीहरुले टन्न खाएका छन्, ओलीले भने, हामीले विगतमा पर्याप्त विकासका काम गरेका छौँ। हामीसँग अनगिन्ती योजना छन्। उनीहरु एमालेलाई धारे हात लगाएर भ्रम फिँजाउने काम गर्ने रहेछन्।
उनले आफूले धानको चिउरा खाँदा सुनको चिउरा खायो भन्दै हल्ला गरिएको पनि बताए। विरोधीहरु कतिसम्म गर्छन् भने सुनको चिउरा खान्छ होला धान चिउरा खाएको देखायो भनेर प्रचार गरेछन्, उनले भने, उनीहरुको अर्थोक एजेण्डा नै छैन। प्रतिस्पर्धा हुँदैन भनेकोले एमाले बलियो छ, एक्लै गएर हुँदैन भनिरहेका छन्। उनीहरुले आधा सही बुझेका छन्।
उनले गठबन्धन दलहरूलाई एक्ला एक्लै चुनावमा गए एमालेले कर्याक कुरुक बनाउने पनि बताए। एक्ला एक्लै आए भने त कर्याक कुरुक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्याकुरुक बनाउँछौँ, उनले भने, अहिले हाम्रो धान पाकेको बेला छ, हामीलाई मंसिर लागेको छ। धान काट्ने, बिटा लगाउने, कुन्यु थुपार्ने बेला छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply