प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रकाण्डको भेटवार्ता
२ चैत, काठमाडौं । केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरिरहेकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ ले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरेका छन्।
तत्कालीन नेकपा नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिका सम्बन्धमा नेकपा प्रवक्ता प्रकाण्डले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँँणसँग भेटवार्ता गरेका हुन्।
उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो। प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता । २०७८ चैत्र २, उनले तस्बिरसँगै लेखेका छन्। भेटमा भएको छलफलबारे भने केही खुलाइएको छैन।
गत फागुन २० गते ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच ३ बुँदे सहमति भएको थियो। त्यसको १ दिनपछि समारोह आयोजना गरी सरकारले सहमति सार्वजनिक गरेको थियो।
सरकारसँग भएको सम्झौतासँगै सशस्त्र संघर्ष छाडेर ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मूलधारको राजनीतिमा आएको हाे।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply