एमसीसीमा धेरै क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख दुबै जान्थ्यो : प्रचण्ड
५ चैत,सिन्धुली । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले धेरै सोच विचार गरेर मात्रै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको बताएका छन् ।
आज सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरै क्रान्तिकारी हुँदा प्राप्त उपलब्धी पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको स्पष्टीकरण दिए ।
अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो वुद्धिमानी हो ।
२०६५ सालमा तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्दा गल्ती भएको भन्दै प्रचण्डले त्यो घटनाले पार्टी र देशले दुःख पाएको बताएका छन् । रुक्मांगतलाई कारबाही गर्न खोज्दा दायाँपट्टी बस्ने बाबुरामले पनि गरिहाल्ने भन्ने बाँयापट्टी बस्ने बादलले पनि गरिहाल्ने भन्दा कति दुःख पाइयो तपाई हामी सबैले, देशले दुःख पायो, पार्टीले पनि दुःख पायो ।
दुई महिना नसुति भए पनि रात-दिन चुनावमा खटौं
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन अन्य दलका लागि सामान्य जित-हारको कुरा भए पनि आफ्नो पार्टीका लागि भने गम्भीर विषय भएको बताएका छन् । अध्यक्ष प्रचण्डले यो चुनावलाई सामान्य नठान्न नेता कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि आगामी दुई महिना नसुतेर रात-दिन खटिन उनले आह्वान गरे ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनाव आउन अब लगभग दुई महिना मात्र बाँकी छ । आफू जीवनको उत्तरार्द्धमा पुगिसकेको भए पनि जोसका साथ खटिरहेको बताउँदै यसको गम्भीर अर्थ भएको प्रचण्डले बताए । नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला समितिको नवनिर्मित भवन उद्घाटनमा प्रचण्डले भने, ‘निर्वाचन आउँदै छ, यो सामान्य निर्वाचन नठान्नुहोला, हामी माओवादीका निम्ति यो निकै महत्वपूणर् छ, हामीले हार्यौ भने संविधान हार्नेवाला छ, हामीले हार्यौं भन्ने गणतन्त्र हार्ने खतरा छ, तसर्थ हामीले यो निर्वाचन जित्नै पर्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply