भिडको आक्रमणबाट महिला प्रहरीको मृत्यु, लेटाङ आसपासका क्षेत्रमा कर्फ्यु
७ चैत, मोरङ । मोरङको लेटाङमा झडपमा परेर घाइते भएकी महिला प्रहरीको मृत्यु भएको छ । झडपमा गम्भिर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको कोशी अस्पतालका मेसु यज्ञराज खरेलले बताए ।
मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् ।
आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचारका लागी कोशी अस्पतालमा लगिएको थियो । कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई पक्रेर इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।
आक्रोशित स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेको र आक्रमणमा परेर प्रहरी जवान श्रेष्ठको ज्यान गएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार अरु केही प्रहरी घाइते भएका छन् ।
आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो । अहिले स्थिति नियन्त्रणमा आएको र लेटाङ आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply