तालमेल जरुरी छैन, एमाले एक्लै चुनाव लड्छ : विशाल भट्टराई
७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भए पनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बताएका हुन् ।
यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै चुनाव लड्छ । स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भए बाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन गर्दैन , भट्टराईको भनाइ छ । उनले आज बोलाइएको पोलिटब्युरो बैठकका दुई एजेण्डा रहेको पनि बताए । ९ र १० गते बस्ने केन्द्रीय समिति बैठकका
एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी गर्ने कुरामा बैठक केन्द्रीत हुन्छ । उनले भने, एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्था छ । यस्तो अवस्थामा एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्ने गरी एमालेको तयारी हुन्छ, उनले भने, यो बैठकले घोषणापत्र र उम्मेदवारका मापदण्ड पनि तय गर्छ । लोकप्रिय र जित्ने मात्रै नभएर स्थानीय तह चलाउन सक्ने उम्मेदवारको खोजीमा एमाले रहेको भट्टराईको भनाई छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply