तालमेल जरुरी छैन, एमाले एक्लै चुनाव लड्छ : विशाल भट्टराई
७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भए पनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बताएका हुन् ।
यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै चुनाव लड्छ । स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भए बाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन गर्दैन , भट्टराईको भनाइ छ । उनले आज बोलाइएको पोलिटब्युरो बैठकका दुई एजेण्डा रहेको पनि बताए । ९ र १० गते बस्ने केन्द्रीय समिति बैठकका
एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी गर्ने कुरामा बैठक केन्द्रीत हुन्छ । उनले भने, एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्था छ । यस्तो अवस्थामा एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्ने गरी एमालेको तयारी हुन्छ, उनले भने, यो बैठकले घोषणापत्र र उम्मेदवारका मापदण्ड पनि तय गर्छ । लोकप्रिय र जित्ने मात्रै नभएर स्थानीय तह चलाउन सक्ने उम्मेदवारको खोजीमा एमाले रहेको भट्टराईको भनाई छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply