पार्टीसहित पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै
८ चैत, काठमाडौं ।आफ्नो नेतृत्वमा रहेको समाजवादी जनता पार्टी (सजपा) सहित पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।
उनीहरूलाई आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (थापाथली) मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा समाहित हुन लागेको हो, प्रचार विभागका उपप्रमुख रिजालले मंगलबार बिहान नेपालखबरसँग भने, अभिनेत्री करिश्मा मानन्धर पनि हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ।
सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानीमन्त्री बनेका थिए।
यस्तै अभिनेत्री मानन्धरले डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट दलगत राजनीति सुरु गरेकी थिइन्। तर पछि निष्क्रिय रहिन्। अहिले फेरि एमालेबाट राजनीतिक यात्रा अगाडि बढाउन लागेकी हुन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply