शेर्पा समुदायका अगुवा नेता नाम्गेल शेर्पा माओवादीबाट एमालेमा फर्किए
९ चैत,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य तथा शेर्पा समुदायका अगुवा नेता नाम्गेल शेर्पा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शेर्पालाई मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।
एमालेको विद्यार्थी राजनीतिबाट स्थापित शेर्पा २०५५ सालमा अनेरास्ववियूका अध्यक्ष थिए । अनेरास्ववियूको केन्द्रीय सदस्य हुदैं जिल्लाको राजनीतिमा सक्रिय शेर्पा एमाले विभाजनपछि मालेमा सक्रिय भए । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा सक्रिय भए ।
शेर्पा माओवादी निकट शेर्पा मुक्ती मोर्चाको सचिवको जिम्मेवारीमा थिए । उनी शेर्पाहरुको साझा संस्था नेपाल शेर्पा संघको पूर्व महासचिव र शेर्पा विद्यार्थी मञ्चको पूर्वअध्यक्ष समेत हुन् । गृह जिल्ला रामेछापसँगै शेर्पा समुदायमा उनको गहिरो प्रभाव छ ।
शेर्पाले १८ वर्षपछि आफ्नो पुरानो पार्टी नेकपा एमालेमा फर्किन पाएकोमा गर्व लागेको बताए । उनले भने, फेरि १८ वर्षपछि आफ्नो मुलघरमा फर्किएको छु । अब बाँकी रहेको समय एमाललाई दिन्छु ।
शेर्पाले १८ वर्ष नेकपा माओवादीमा काम गर्ने अवसर दिएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई धन्यवाद भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, १८ वर्षसम्म काम गर्ने अवसर दिनु भएकोमा अध्यक्ष कमरेड प्रचण्डप्रति आभारी छु ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply