रुसका ४५ कूटनीतिज्ञलाई देश निकाला गर्ने पोल्याण्डको तयारी
९ चैत, काठमाडौं । पोल्याण्डले रुसका ४५ जना कूटनीतिज्ञलाई देश निकालाको तयारी गरेको छ । कूटनीतिज्ञको आवरणमा रुसको गुप्तचर एजेन्सीका लागि काम गरेको आशंकामा पोल्याण्डले रुसका ती कूटनीतिज्ञलाई देश निकाला गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कूटनीतिक हैसियतमा पोल्याण्डमा काम गरिरहेका रुसी गुप्तचर सेवाका ४५ अधिकारी लगायत अन्य व्यक्तिको पहिचान गरेको छ । ती व्यक्तिले पोल्याण्ड र हाम्रा समर्थक मुलुकका विरुद्ध जासुसी गरेको भेटिएको छ’ पोल्याण्डको विदेश मन्त्रालयलका प्रवक्ता स्ट्यानिस्ल जरिनले रोयटर्ससँग भनेका छन् । पोल्याण्डको खुफिया निकाय इन्टरनल सेक्युरिटी एजेन्सीले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको भेटिएका कूटनीतिज्ञको सूची त्यहाँको विदेशमन्त्रालयलाई बुझाइसकेको प्रवक्ताले उल्लेख गरेका छन् ।
ती ४५ कूटनीतिज्ञमाथि हुने कारबाहीबारे जानकारी दिनका लागि पोल्याण्डस्थित रुसी राजदूतलाई विदेशमन्त्रालयले बोलाएको पोल्याण्ड सरकारका अर्का एक प्रवक्ताले बताएका छन् ।
यसैबीच पोल्याण्डले आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरे त्यसको जवाफ दिने तयारी रुसले गरिरहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेन संकट चलिरहँदा रुस र पोल्याण्डबीचको सम्बन्ध पनि चिसिएको छ । पोल्याण्ड अमेरिकाको रणनीतिक साझेदार मुलुक हो । सन् १९९९ देखि पोल्याण्ड अमेरिकी खेमाको उत्तर एटलान्टिन सन्धि संगठन (नेटो) को सदस्य छ ।
युक्रेनले नेटोको सदस्यता लिने कोसिश गरेपछि रुसले युक्रेनमाथि सैनिक आक्रमण थालेको एक महिना पुग्न लागेको छ । अमेरिका लगायत मुलुक रुसविरुद्ध उत्रिएका छन् । रुसलाई चीन र भारत लगायत मुलुकको साथ छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply