नेपालले पीएनजीसँग खेल्दै
११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो ।
यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाल सहज जित निकाल्दै सिरिजको सुरुवात गर्ने योजनामा छ । सन्दीपको कप्तानीमा नेपालले घरेलु मैदानमा पहिलो पटक खेल्दैछ । त्यसैले पनि सन्दीपका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ ।
नेपालका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपालको मुख्य प्रतियोगिताअघि यो सिरिज निकै महत्त्वपूर्ण रहेको बताएका छन् । ‘ठूलो प्रतियोगिताको मुखैमा नेपालका लागि यो सिरिज निकै महत्त्वपूर्ण छ । झनै युवा खेलाडीहरूका लागि पनि सुनौलो अवसर छ । हामीले दुई टोली तयार पारेका छौँ । मैले यही युवा टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छु, पुबुदुले भने ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply