पार्टी छाडेर चोक्टा खान गएकाहरूलाई बैसाख ३० गते झोलमा डुबाउँछौं : अध्यक्ष ओली
११ चैत, उदयपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिएका छन् । त्यो समय वैशाख ३० हुने उनले बताए ।
पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो, एमाले उदयपुरमा जनसभालाई शुक्रबार दिउँसो सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ । उनले सत्तामा रहे पनि नरहे पनि एमालेप्रति जनविश्वासमा कमी नआएको दावी गरे ।
पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धी देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने उद्घोष गरे । उनले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २६६ वटा सडक राजमार्ग र ३९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको आरोप लगाए ।
हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौं, उनले थपे, निकट भविष्यमा नै चुनाव आउँदैछ, त्यसमा पुनः जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौं । उनले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने दाबी गरे ।
समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै ओलीले यसलाई एमालेले मात्र अघि बढाउन सक्ने बताए । ओलीले आफू प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, विभिन्न राजमार्ग, अस्पताल, सडक, कृषि, पूर्वाधारका लागि पर्याप्त बजेट थियो र त्यहीअनुसार काम भए, तर अहिले तिनै योजना बजेट भएन भन्दै कटौती गर्नु लज्जास्पद भएको बताए । ‘बजेट परिचालन र खोजी गर्न क्षमता चाहिन्छ, उनले भने, त्यो क्षमता नभएकै कारण आफ्ना पालामा भएका विकास निर्माणका काम, शिलान्यास, उद्घाटन सबै बजेट अभाव देखाउँदै रोकिनु दुखद् छ ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई ओलीले टीका र खादा लगाएर स्वागत गरेका थिए । त्रियुगा नगरपालिका-१० स्थित मदन भण्डारी आँखा अस्पतालको भवन र सेवा उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका अध्यक्ष ओली करिब तीन घण्टापछि राजधानी फर्किएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply