पार्टी छाडेर चोक्टा खान गएकाहरूलाई बैसाख ३० गते झोलमा डुबाउँछौं : अध्यक्ष ओली
११ चैत, उदयपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिएका छन् । त्यो समय वैशाख ३० हुने उनले बताए ।
पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो, एमाले उदयपुरमा जनसभालाई शुक्रबार दिउँसो सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ । उनले सत्तामा रहे पनि नरहे पनि एमालेप्रति जनविश्वासमा कमी नआएको दावी गरे ।
पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धी देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने उद्घोष गरे । उनले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २६६ वटा सडक राजमार्ग र ३९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको आरोप लगाए ।
हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौं, उनले थपे, निकट भविष्यमा नै चुनाव आउँदैछ, त्यसमा पुनः जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौं । उनले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने दाबी गरे ।
समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै ओलीले यसलाई एमालेले मात्र अघि बढाउन सक्ने बताए । ओलीले आफू प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, विभिन्न राजमार्ग, अस्पताल, सडक, कृषि, पूर्वाधारका लागि पर्याप्त बजेट थियो र त्यहीअनुसार काम भए, तर अहिले तिनै योजना बजेट भएन भन्दै कटौती गर्नु लज्जास्पद भएको बताए । ‘बजेट परिचालन र खोजी गर्न क्षमता चाहिन्छ, उनले भने, त्यो क्षमता नभएकै कारण आफ्ना पालामा भएका विकास निर्माणका काम, शिलान्यास, उद्घाटन सबै बजेट अभाव देखाउँदै रोकिनु दुखद् छ ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई ओलीले टीका र खादा लगाएर स्वागत गरेका थिए । त्रियुगा नगरपालिका-१० स्थित मदन भण्डारी आँखा अस्पतालको भवन र सेवा उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका अध्यक्ष ओली करिब तीन घण्टापछि राजधानी फर्किएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply