बीआरआईसँग सम्बन्धित आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह
१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज बिहान भएको भेटवार्तामा ओलीले सो आग्रह गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
भेटपछि भट्टराईले पत्रकारहरुलाई दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री ओलीले बीआरआईसँग परियोजनाभित्र पर्ने सडक, रेल, सिंचाइ, जलविद्युत, सीमा नाका, स्वास्थ्य र शिक्षाका आयोजनालाई छिटो अगाडि बढाइदिंदा समृद्ध नेपाल सुखी नेपाली बनाउने आकांक्षा पूर्तिमा थप योगदान पुग्ने बताएका थिए ।
भेटमा ओलीले बन्द रहेका नाका खुलाउन र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन फर्किएर अध्ययन पूरा गर्ने वातावरण मिलाउन पनि आग्रह गरेका थिए । हुम्ला पारि करिब ५ सय नेपालीहरु रोकिएको सुनेको बताउँदै भट्टराईले यदि त्यो कुरा सत्य हो भने उनीहरुलाई छिटो ल्याउने वातावरण मिलाइदिन पनि आग्रह गरेको जानकारी दिए ।
चिनियाँ विदेशमन्त्रीले तत्कालीन र दीर्घकालीन योजनाहरु छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान चीन प्रतिबद्ध रहेको भनेको पनि भट्टराईले जानकारी दिए ।
कोभिड महामारीको बेला चीनले स्वास्थ्य उपकरण र खोप सहयोग गरेकोप्रति पनि ओलीले आभार व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply