१४ चैत्र २०७८, सोमबार ०८:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्री देउवा शुक्रबार भारत जाँदै, चैत १९ गते मोदीसँग भेटवार्ता
१४ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको औपचारिक भ्रमणबारे पुष्टि गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा पत्नी आरजुसहित प्रधानमन्त्री देउवाले नेपाली टोलीको नेतृत्व गर्दै चैत १८ गते छिमेकी देश भारत जानेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ ।
भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो । उनी तीन दिने औपचारिक भ्रमणपछि आइतबार स्वदेश फर्किने छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply