नेपाललाई मलेसियाले दियो ११५ रनको लक्ष्य
१६ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो ।
मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए । इनिङ्सको पहिलो बलमै विकेट गुमाएपनि मलेसियाले आक्रमक ब्याटिङ गर्दै रन जोडेको थियो । मलेसायका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे । तर त्यसपछि जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए ।
मलेसियाले पावर प्लेमा १ विकेट गुमाएर ४६ रन जोडेको थियो । सातौ ओभरमा कुशल मल्लले जुबाईदीलाई बोल्ड गर्दै साझेदारी तोडे । जुबाईदीले १५ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडे । त्यसपछि सयद अजिज १४ रन बनाएर आउट भए ।
कप्तान अहमद फैजले २४ रन जोडे । सर्भिएन मुनिएन्डी ९, मुहम्मद अमिर १६ र विजय उन्नी ३ रनमा आउट भए । अमर जुहदीले खाता समेत खोल्न सकेनन् । बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिए । करणले ३ ओभरमा १६ रन मात्र खर्चिए भने सन्दीपले ४ ओभरमा २७ रन खर्चिए । किफायती बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडन राख्द १४ रन खर्चेर १ विकेट लिए । यस्तै अविनाश बोहरा र कुशल मल्लले पनि १-१ विकेट लिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply