माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ
२० चैत, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ ।
एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।
एमालेले नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन आयोगविरुद्ध समेत मुद्दा हालेको छ । साथै उसले झलनाथ खनाल बाहेकका १४ सांसदलाई कारवाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको आरोप पनि लगाएको छ ।
यी दुई विवाद जोडिएका मुद्दामा यसअघि नै सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश डा. कुमार चुडालको छुट्टाछुट्टै इजलासले अन्तरिम आदेश दिएको थिएन ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply