नेपाल र पीएनजी आज उपाधिका लागि भिड्दै
२१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको आज (सोमबार) फाइनल खेल खेल्दैछ । फाइनल खेलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२ः३० बाट शुरु हुनेछ ।
श्रृंखलाको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै श्रृंखला आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जानकारी दिएका छन् ।
सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट श्रृंखला खेलेको हो । कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्वपूर्ण भएको सन्दीपले आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बताएका छन् । ‘म एक खेलाडीको नाताले यो सिरिज एकदमै महत्वपूर्ण छ । म कप्तान भन्दा पहिले टिमको सदस्य हो । जति खुशी अरुलाई लाग्छ मलाई पनि त्यति नै लाग्छ । श्रृंखला जिताएर सबै समर्थकहरुलाई खुशी बनाउनेछौं’, सन्दीपले भने ।
सन्दीपले फाइनल खेलमा कुनै पनि दबाब नभएको बताए । उनले उपाधि जित्नका लागि सबै खेलाडीले आफूले शतप्रतिशत दिने बताए ।
यता पीएनजीका कप्तान असाड भालाले सिरिजका अन्य खेलमा बेहोरेको हारले केही दबाब भए पनि आफूहरु श्रृंखलाको उपाधि जित्नका लागि खेल्ने भएकाले अहिले त्यो दबाब नभएको बताए । कुनै किसिमको दबाब छैन । हामी सिरिज जित्नका लागि मैदान उत्रनेछौं । सिरिजका अघिल्लो तीन खेलमा पराजित भएरपनि फाइनलमा स्थान बनाएका छौं । त्यसैले पनि हाम्रो लागि यो सिरिज निकै महत्वपूर्ण छ, भालाले भने ।
पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोरेको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply