निलम्बित प्रधानन्यायाधीश जबराको विभूषण रोक्ने निर्णय
२४ चैत,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि उनलाई दिने निर्णय भएको विभूषण सरकारले रोक्ने भएको छ । आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह मन्त्रालयले जनाएको छ ।
जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो । संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ । अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
उहाँको विभूषण बनेर त आइसकेको छ, गृहका ती अधिकारीले भने, तर, भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका व्यक्तिलाई त्यो विषय टुंगो नलागेसम्म नदिनु ठीक हो भनेर स्थगन गर्न लागेका छौँ । सोमबार गृहले विभूषण लिनका लागि सूचना जारी गरेको थियो ।
जुन सूचीमा जबराको समेत नाम छ । बुधबार यस विषयमा गृह मन्त्रालयमा छलफल भएको थियो, जसमा उनीमाथिको महाभियोगको टुंगो लागेपछि मात्र विभूषण दिने वा रद्द गर्ने निर्णय गरिने र तत्कालका लागि स्थगन गर्ने निर्णय भएको हो । गृहले विभूषणअन्तर्गत राष्ट्रपतिबाट प्रदान गरिने मानपदवी लिनका लागि २८ चैतभित्र पास लिन सूचना जारी गरेको छ । अलंकार र पदक भने मन्त्रालयले आफै वितरण गर्दछ ।
पदको दुरुपयोग गरेको आरोपमा गत १ फागुनमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए । आगामी मंसिरमा अवकाश पाउन लागेका जबरामाथि छानबिन गर्न सिफारिस समिति समेत बनिसकेको छ । तर, समितिको बैठक भने बस्न सकेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply