पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त
२७ चैत, काठमाडौं ।पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका हुन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् ।
विपक्षी दलहरूले उनको विरुद्धमा प्रस्ताव ल्याएपछि गए राति मतदान भएको थियो । संसदमा रहेका ३४२ सदस्यमध्ये प्रस्तावको पक्षमा १७४ सदस्यले मत दिएका छन् । जुन बहुमतका रुपमा रहेको छ । संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका थिए । अब भोलि बस्ने संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री खानले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो । प्रधानमन्त्री खानको पार्टी (पीटीआई) ले पनि खानविरुद्ध अन्तर्राष्ट्रिय षड्यन्त्र भएको टिप्पणी गरेको छ । तर विपक्षी नेता शहबाज शरीफले पाकिस्तान गम्भीर सङ्कटबाट मुक्त भएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ । बढ्दो मुद्रा स्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण खान नेतृत्वको सरकारको आलोचना हुँदै आएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply