विराटनगरको मेयरका लागि एमालेले सिफारिस गर्यो पाँच जनाको नाम
२७ चैत, मोरङ । प्रमुख प्रतिपक्षी नेकपा एमाले विराटनगरले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाउने निणर्य भएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।
यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पूर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश-१ का पूर्वमन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा पाँच जना सिफारिस भएका हुन् । एमालेले ललितपुर महानगरपालिकाको मेयरका लागि सर्वसम्मतरुपमा हरिकृष्ण ब्यञ्जनकारलाई सिफारिस गरेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply