एमालेबाट भरतपुर महानगरको मेयरमा विजय सुवेदी उठ्ने
२७ चैत,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदी उठ्ने भएका छन्।
बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सुवेदीलाई एमाले भरतपुर महानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गर्ने भएको हो।
सुवेदीको नाम मेयरका रुपमा तल्ला कमिटीबाट आएको जानकारी एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले दिएका छन्।
भरतपुरसहित चितवनका अन्य पालिकामा पनि उम्मेदवारी सिफारिस अघि बढेको छ। भरतपुरको हकमा महानगर कमिटीले सुवेदीलाई सर्वसम्मत मेयरका रुपमा अघि सारेको जानकारी आएको छ, अधिकारीले भने, महानगर कमिटीबाट यदि सर्वसम्मत सिफारिस आयो भने उहाँ नै एमालेबाट मेयरका उम्मेदवार हुने सम्भावना बलियो छ।
सुवेदी २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी भएका थिए। उनी अष्टलक्ष्मी शाक्य छोटो समय मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री बनेका थिए।
सुवेदीको नाम मेयरको उम्मेदवारका रुपमा सिफारिस गर्न आइतवारै एमाले भरतपुर महानगर कमिटीको बैठक बसेको छ।
यो बैठकले एकताको सन्देश दिने गरी सुवेदीको नाम सर्वसम्मत सिफारिस गर्न लागेको हो। सुवेदीलाई सर्वसम्मत मेयरको उम्मेदवारका रुपमा अघि बढाउन २०७४ मा रेणु दाहालसँग पराजित देवी ज्ञवाली प्रस्तावक बस्ने भएका छन्।
त्यस्तै सुवेदीको नाममा संघीय सांसद कृष्णभक्त पोखरेलले समर्थन जनाएर जिल्ला कमिटीमा सिफारिस पठाउन लागिएको हो। सुवेदीले यसअघि एमाले जिल्ला कमिटी अध्यक्षका रुपमा तीन पटकसम्म नेतृत्व लिइसकेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply