एमालेको चुनावी अभियान : आज बझाङमा चुनावी सभा
२८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहमा उम्मेदवार सिफारिस, चुनावी घोषणापत्र तयार र पार्टी प्रवेश कार्यक्रमलाई एकैसाथ अघि बढाएको छ । पछिल्लो पटक चैत १० मा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीको सम्पूणर् शक्ति चुनावमा केन्द्रीत गर्ने निणर्य गर्दै नेता कार्यकर्ताहरूलाई सम्बन्धित, प्रदेश, जिल्ला, क्षेत्र, गाउ नगर र वडा तहसम्म चुनावी कार्यक्रम लिएर जनतामाझ जान निर्देशन दिएको थियो ।
उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङले पार्टी निर्देशन अनुसार सवै नेताहरु आआफ्नो जिल्ला र क्षेत्रका चुनावी अभियानमा सक्रिय भएको बताए । चुनावी अभियानअन्तर्गत सम्बन्धित जिल्ला र प्रदेशका केन्द्रीय नेताहरु खटिएको गुरुङको भनाइ छ ।
केन्द्रको निर्देशन अनुसार चुनावी अभियानमा खटिएका सम्बन्धित पार्टी कमिटीहरुले उम्मेदवार सिफारिस, चुनावी घोषणापत्र तयार र पार्टी प्रवेश कार्यक्रम एकैसाथ अघि बढीरहेको छ’ नेता गुरुङले जानकारी दिए । एमालेले स्थानीय तहको उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तय गरेको छ ।
सोही मापदण्डभित्र रहेर देशैभरका स्थानीय तहमा उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको नेताहरुको भनाइ छ । चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न केन्द्रले दिएको निर्देशनअनुसार कही सर्वसम्मत त कतै मतदानमार्फत धमाधम उम्मेदवार सिफारिसको काम अघि बढेको प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ ।
एमालेले वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले निर्णय गर्ने, गाउँ नगरपालिकाको जिल्लाको सिफारिसमा प्रदेशले निणर्य गर्ने मापदण्ड बनाएको छ । त्यस्तै महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निणर्य गर्ने मापदण्ड छ ।
आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित आमसभालाई सम्बोधन गर्न एमालेका अध्यक्ष ओली सोमबार बझाङ आउँदै छन् । एमाले बझाङले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउन लागेका हुन् । बझाङ सदरमुकाममा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले बझाङका अध्यक्ष अफिलाल ओखेडाले बताए ।
कार्यक्रमको सम्पूणर् तयारी पूरा भएको छ । जनतामा एमाले मजबुत रहेको देखाउन शक्ति प्रदर्शन गरिरहेका हौं, उनले भने, अध्यक्ष ज्यू हेलिकप्टरमार्फत आउनु हुन्छ ।
उनका अनुसार कार्यक्रममा ३०/४० हजार भन्दा बढी मानिसको सहभागीता रहने अनुमान गरिएको छ । अहिले ११ बजे विभिन्न ठाउँमा र्याली निस्किन्छ,’ अध्यक्ष ओखेडाले भने, २ बजे कार्यक्रम शुरु गरिने छ । हजारौंको संख्यामा मानिस एमाले प्रवेशको तयारी पनि छ ।’ चुनाव नजिकिँदै जाँदा देश दौडाहामा रहेका अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेललगायत नेता पनि बझाङ आउँदै छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply