चुनावी तालमेलको ‘मोडालिटी’ टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै
२९ चैत, काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए ।
७५३ पालिकामै तालमेलका लागि भागबण्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । उनका अनुसार हिजो र अस्तीको बैठकमा भएको छलफलका आधारमा आज तालमेलको मोडालिटी तय गरिने छ ।
मोडालिटी बनेपछि कुन दलले कहाँ नेतृत्व गर्ने भन्नेबारे निर्णय गर्न व्यावहारिक हुने उनको भनाइ छ । परिपक्क र विश्वासिलो तालमेल नभए प्रमुख प्रतिपक्षी दल एमालेसँग कमजोर हुने भन्दै सत्ता गठबन्धन अहिले तल्लो तहसम्मका नेता कार्यकर्तालाई बुझाउन केन्द्रित भएको छ ।
यसैबीच, ७५३ पालिकामै चुनावी तालमेल गरी भागबण्डाको गृहकार्य गरेपछि सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ ।
डा. शेखर कोइराला समूहले पार्टीको निणर्य र विधानको व्यवस्था विपरीत तालमेलको मोडालिटी तय भए कठिन हुने बताएको छ । केन्द्रबाट महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भए पनि उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवार चयन र तालमेलको निणर्य सोही निकायबाटै हुनुपर्ने कोइराला समूहको माग छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply