रेसुङ्गा नगरको मेयरमा एमालेबाट पाण्डेय सिफारिस
२९ चैत, गुल्मी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेद्वार बनाउन सिफारिस गरेको छ ।
मंगलवार तम्घासमा बसेको नेकपा एमाले रेसुङ्गा नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा पाण्डेयलाई नगरप्रमुखको उम्मेद्वार बनाउन सिफारिस गरेको नेकपा एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले बताए ।
उपप्रमुख पदमा भने नाम सिफारिस भएको छैन् । त्यसका लागि छलफल भइरहेको अध्यक्ष पोखरेलले बताए । रेसुङ्गा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेले नगरप्रमुख र उपप्रमुख जितेको थियो । रेसुङ्गा नगरमा अन्य पार्टीले भने उम्मेद्वार छनोट गरेका छैनन् ।
मुसिकोट नगरपालिकामा एमालेले यसअघि नै जीवन खरेललाई नगर प्रमुखको उम्मेद्वारमा सिफारिस गरिसकेको छ । यस्तै नेपाली कांग्रेसले हरिनारायण सापकोटालाई सिफारिस गरेको छ । मुसिकोट नगरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेले नगर प्रमुख उपप्रमुख जितेको थियो ।
धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसमेत रहेका भुपाल पोखरेललाई नै दोहो¥याउने भन्दै उम्मेद्वार सिफारिस गरेको छ । उनी दोस्रो कार्यकालका लागि उम्मेद्वार बन्न लागेका हुन् । यस गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर माओवादी केन्द्रबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए ।
मालिका गाउँपालिकामा सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका दलले तालमेल गरेर उम्मेद्वार छनोट गरिसकेका छन् । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट देबिराम अर्याललाई उम्मेद्वार बनाउने निर्णय उनीहरुले गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply