वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगी सर्वसम्मत उम्मेद्वार
३० चैत, वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट मधेश प्रदेशको एक मात्रै महानगरपालिका वीरगञ्जको मेयरको उम्मेदवारमा विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
केही साताअघि मात्रै जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेका सरावगीलाई वीरगञ्ज महानगर कमिटीको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा मेयरको उम्मेदवारका लागि सिफारिस गरेको हो । एमाले वीरगञ्ज महानगर कमिटीको पूणर् बैठकले प्रमुखको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ’, एमाले वीरगञ्ज महानगर उपध्यक्ष महेश दासले भने ।
अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई मेयरको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा उपाध्यक्ष महेश दासले समर्थन जनाएका थिए । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेका थिए ।
उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएका थिए । मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको बताएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply