केन्द्रको निर्णय उल्लंघन नगर्न कांग्रेसको निर्देशन
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
उनले गठबन्धनको मर्म विपरीत जान नहुने धारणा परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैठकमा व्यक्त गरेको बताए ।
बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ । साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको छ ।
चुनावी प्रचार सभालाई आचासंहिताभित्र रहेर व्यवस्थित बनाउने बारे पनि छलफल भएको महरले बताए । विदेशस्थित सम्पर्क समिति भ्रातृ र शुभेच्छुक संस्थालाई निर्वाचनमा सक्रिय परिचालन गरिने भएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply