तनहुँमा एमाले र कांग्रेस नेता जोशी समूहले चुनावी तालमेल गर्ने
४ वैशाख, तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ ।
शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ ।
गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको बताए । एमालेसँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको छ, उनले भने ।
दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।
तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।
जोशीमाथि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप थियो । तत्कालीन नेकपा एमालेका सांसद श्रेष्ठ, एमाले बिभाजनपछि हाल माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply