७ बैशाख २०७९, बुधबार ०१:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
महानगर-उपमहानगर सिट बाँडफाँट : आज पनि गठबन्धनको वैठक बस्दै
७ वैशाख, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटबारे मंगलबार राति अबेरसम्मको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ महानगरमा करिब सहमति जुटाएको गठबन्धन उपमहानगरमा भने एक ठाउँमा पुग्न सकेको छैन ।
उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
यसअघि मंगलबार सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँटमा सहमति जुटेको थियो । उक्त सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिइनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply